Rule 48
प्रतिनिधि (एजेन्ट) नियुक्ति सम्बन्धी व्यवस्था
(१) ....
(२) .....
(३) ......
(४) कुनै इजाजतपत्रवालाले जुन मुलुकमा कामदार पठाएको छ सो मुलुकमा कुनै प्रतिनिधि नियुक्ति गर्न चाहेमा प्रतिनिधि नियुक्ति गर्न प्रस्ताव गरिएको व्यक्तिको व्यक्तिगत विवरण खुलाई विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम विदेशमा प्रतिनिधि नियुक्ति गर्नको लागि प्रस्ताव गरिएको व्यक्तिको योग्यता देहाय बमोजिम हुनु पर्नेछ ः–
(क) नेपाली नागरिक,
(ख) कम्तीमा स्नातकोपाधि हासिल गरेको,
(ग) नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय नपाएको ।
(६) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा इजाजतपत्रवालाको माग मनासिव देखेमा विभागले निजसँग दुईलाख रुपैयाँ नगद धरौटी लिर्ई कामदार पठाएको मुलुकमा प्रतिनिधि नियुक्ति गर्न अनुमति दिनेछ ।
(७) उपनियम ... (४) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकको माग बमोजिम प्रतिनिधि नियुक्ति गर्ने अनुमति दिन मनासिब नदेखेमा सोको कारण खुलाई विभागले इजाजतपत्रवालालाई जानकारी दिनु पर्नेछ ।
(८) यस नियम बमोजिम नियुक्त भएको प्रतिनिधिलाई इजाजतपत्रवालाले विभागले तोकिदिए बमोजिमको परिचयपत्र दिनु पर्नेछ ।
(९) उपनियम (८) बमोजिम दिएको परिचयपत्र प्रत्येक वर्ष नवीकरण गराउनु पर्नेछ ।
(१०) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्ति एकभन्दा बढी इजाजतपत्रवालाको प्रतिनिधि हुन पाउने छैन ।
(११) कुनै इजाजतपत्रवालाले आफ्नो कुनै प्रतिनिधिलाई हटाउन चाहेमा त्यस्तो प्रतिनिधिले आफ्नो हिसाब किताब फरफारक गरेको जानकारी विभागलाई दिई निजलाई प्रतिनिधिबाट हटाउन सक्नेछ ।
(१२) इजाजतपत्रवालाले उपनियम (११) बमोजिम प्रतिनिधि हटाएको जानकारी सहित प्रतिनिधि नियुक्त गर्दा निजले राखेको धरौटी फिर्ता पाउन निवेदन दिएमा विभागले त्यस्तो धरौटी फिर्ता दिनु पर्नेछ ।
(१३) इजाजतपत्रवालाले यस नियम बमोजिम नियुक्ति भएका प्रतिनिधिको नाम, थर र वतन खुल्ने गरी प्रत्येक वर्ष राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।